१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 16 June, 2025
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आयातमुखी व्यापारी खुसी हुने यो बजेटले भुइँमान्छेलाई बिर्सेको छ : सांसद ज्वाला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:५६:oo

नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले सरकारले ल्याएको बजेटले आयातमुखी व्यापारी खुसी भए पनि भुइँमान्छेलाई बिर्सिएको  टिप्पणी गरेका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ज्वालाले भने, ‘चरम भ्रष्टाचार, कुशासन, अनियमितता, बेथिति, ढिलासुस्ती, कमिसनतन्त्र मौलाइरहेको वेला नागरिकलाई सेवा प्रवाह, सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने कुरा बजेटको प्राथमिकताको पिँधमा पुगेको छ।’

बजेटमाथिको सैद्धान्तिक छलफल अगाडि नबढ्दै मन्त्रालयगत पुस्तकहरू वितरण गरिएको भन्दै उनले यसले गर्दा सैद्धान्तिक छलफल पनि रुमल्लिएको बताए।

प्रतिपक्षी दलका सांसदको विरोधबिच संसद् अघि बढाइएकोमा आपत्ति जनाउँदै ज्वालाले यस्तो तरिकाले संसद् चलाएकोमा आश्चर्य प्रकट गरे।

उनले भने, ‘संसदमा प्रतिपक्षी दलका माननीयहरू वेल घेराउ र नाराबाजीमा हुनुहुन्छ, हामीले संसद् चलाइरहेका छौँ । यो कस्तो परम्परा बसाल्दै छौँ ?मलाई अचम्म लागेको छ। यो तरिकाले संसद् चलाउनुलाई दुःखद पक्षको रूपमा लिन सकिन्छ।’