
गायक सुगम पोखरेलको ‘यो कथा हो मेरो’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतिसंग्रह ‘नवमी’मा संग्रहित यो गीतको शब्द, संगीत तथा संगीत संयोजन सुगम आफ्नै रहेको छ।
गीतको भिडियोमा युवादेखि बयस्कसम्मका कथालाई सिर्जनात्मक रूपमा प्रस्तुत गरिएको छ। योगेश दाहालले छायांकन तथा सम्पादन गरेको भिडियोको निर्देशन सुशान्त गौतमले गरेका हुन्।
गीतमा अन्जु रिजाल, मिलन कार्की, स्नेहा जोशी, सन्तोष गिरी, सफर पोखरेल, नूर खनाललगायत कलाकारको अभिनय छ। समाजका केही प्रतिनिधि कथाहरूलाई गीतको भिडियोमा उतार्न खोजेको सुगम बताउँछन्।
गीतको म्युजिक भिडियोलाई सुगम पोखरेलको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।