१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 16 June, 2025
अमुल थापा काठमाडौं
Invalid date format १३:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रतिनिधिसभा बैठक : संसदमा रास्वपा र राप्रपाको नाराबाजी

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:o१:oo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले आज पनि प्रतिनिधिसभाको बैठकमा नाराबाजी गर्दै अवरुद्ध पारेका छन्। विपक्षी दल रास्वपा र राप्रपाले आज (सोमबार) पनि विरोध जारी राखेका हुन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै उनीहरूले संसद् बैठकमा अवरोध गरेका हुन्।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा र राप्रपाका सांसदहरू आ–आफ्नो ठाउँबाट उठेका छन् । त्यसपछि सभामुख घिमिरेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भनाइ राख्न दिएका छन्। लिङ्देनले जबर्जस्ती बैठक सञ्चालन नगर्न सभामुखलाई आग्रह गरे। यदि बैठक सञ्चालन गर्ने, बहिष्कार गर्ने र बहिष्कार गरेको दिन बैठक भत्ता नलिने जानकारी पनि उनले गराए ।

लिङ्देनपछि सभामुख घिमिरेले रास्वपा प्रमुख सचेतक सन्तोष परियारलाई बोल्न समय दिएका छन् । आइतबारको बैठकमा पनि दुवै पार्टीले नाराबाजी गरेका थिए। नाराबाजीकै बिच सभामुख देवराज घिमिरेले बैठक अगाडि बढाएपछि राप्रपाले संसद् बहिष्कार गरेको थियो भने रास्वपा बैठक अवधिभर नाराबाजीमा उत्रिएको थियो। गृहमन्त्रीको राजीनामा नआएसम्म संसदमा अवरोध कायमै राख्ने उनीहरूको माग छ।