१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 16 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:o३:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

दक्षिण एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्ण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:o३:oo

 भुटानको थिम्पुमा भएको १५औँ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा नेपालले स्वर्ण हात पारेको छ । ३०–३१ जेठमा भएको प्रतियोगितामा नेपालले एक स्वर्ण र तीन रजत जितेको हो । नेपालबाट तीन पुरुष र दुई महिला गरी पाँच खेलाडीले सहभागिता जनाएका थिए ।

महिला एथलेटिक फिजिकमा उर्मिला श्रेष्ठले स्वर्ण जितेकी हुन् । सोही स्पर्धामा शिला ठकुरीले रजत जितिन् । पुरुष ५५ केजी तौल समूहमा शरद सुवालले रजत तथा पुरुष स्पोर्टस् फिजिक १७५ सेन्टिमिटरमुनि अवतार श्रेष्ठले रजत हात पारे । पुरुष स्पोर्टस् फिजिक १७५ सेन्टिमिटरमाथि प्रनिश श्रेष्ठ पाँचौँ स्थानमा रहे । 

यसैबिच राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले पदक विजेता खेलाडीलाई बधाई दिएका छन् । सदस्यसचिव घिसिङले शारीरिक सुगठनले राष्ट्रलाई चिनाउने क्रममा थ्रुपै अन्तर्राष्ट्रिय पदक जितेको बताए ।