१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १ आइतबार
  • Sunday, 15 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार १ आइतबार १३:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विपक्षीकाे अवराेधबिच सदन चलाएर सभामुखले दादागिरी देखाए : मुख्य सचेतक शाही 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १ आइतबार १३:५२:oo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता एवं संसदीय दलका मुख्य सचेतक ज्ञानबहादुर शाहीले सभामुख देवराज घिमिरेले दादागिरी शैलीमा सदन चलाएको बताएका छन् ।

आज (आइतबार) नेता शाहीले प्रतिपक्षी दलको विरोधको बाबजुद पेलेर नै संसद् अगाडि बढाउने प्रयास गरेको भन्दै आपत्ति जनाएका हुन् । उनीहरूले भिजिट भिसा प्रकरण छानबिनका लागि समिति बन्नुपर्ने, गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग राख्दै आएका छन् । प्रतिपक्षी दलहरूले नाराबाजी गरिरहँदा सभामुख घिमिरेले भने पेलेर नै संसद् अगाडि बढाएका छन् ।

‘संसदमा आन्दोलन भइरहँदा संसद् चलाउनु उचित हुन्छ ? उचित हुँदैन भन्ने मलाई लाग्छ सम्माननीय सभामुखज्यू । त्यही भएर कुरा केही नराखी उहाँहरू पनि हामी पनि जनताले जिताएको जनप्रतिनिधि हो । भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही गर्ने भन्ने मागमा सबैले साथ दिनुस् । यसरी संसद् चलाउनु यो संसदीय अभ्यास होइन । यो दादागिरी हो । दादागिरी बन्द गर्नु्स्,’ सभामुख घिमिरेलाई सम्बोधन गर्दै नेता शाहीले भने ।