
रौतहटमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । चट्याङ लागेर गरुडा नगरपालिका– १, जयनगरटोलका ६५ वर्षीय सियाराम बनियाँको मृत्यु भएको हो ।
आइतबार बिहान चट्याङ लागेर घाइते भएका उनको उपचारका क्रममा गौरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी निरीक्षक दीपककुमार रायले जानकारी दिए ।