
मेची राजमार्गअन्तर्गत हेवाखोलामा निर्माणाधीन बेलिब्रिज खस्दा ६ जना घाइते भएका छन्। बेलिब्रिज जोड्ने क्रममा पुल खसेको हो। पुल खस्दा ६ जना मजदुर घाइते भएका छन्।
घाइते मजदुरको नाम र ठेगाना खुलेको छैन। पुल खसेर केही मानिस घाइते भएको खबरपछि घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले जानकारी दिए।
घाइतेलाई उद्धार गरी पाँचथर अस्पताल ल्याउने तयारी भइरहेको छ। २ असार २०८० मा आएको बाढीले पक्की पुल बगाएपछि यहाँ बेलिब्रिज लगाइएको थियो। १२ असोज ०८१ मा आएको बाढीले पुनः बेलिब्रिज लगाइँदै आएको छ।
पुल के कारणले खस्यो भन्ने विषय पुष्टि भएको छैन। मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम र हिलिहाङलाई सिमाना छुटाउने हेवाखोलामा पुल र बेलिब्रिज बगेपछि डाइभर्सन गरेर गाडी वारपार गरिँदै छ।