१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ३१ शनिबार
  • Sunday, 15 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ३१ शनिबार १७:२३:oo
Read Time : < 1 मिनेट
खेलकुद

अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका बन्यो टेस्ट च्याम्पियन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ३१ शनिबार १७:२३:oo

विश्व टेस्ट च्याम्पियनसिपको उपाधि दक्षिण अफ्रिकाले जितेको छ। अस्ट्रेलियालाई ५ विकेटले हराउँदै उसले ऐतिहासिक उपाधि  हात पारेको हो। 

लड्स क्रिकेट मैदानमा भएको फाइनल खेलमा दक्षिण अफ्रिकाका ब्याट्सम्यान अडेन मार्करमको सानदारको शतकको मद्दतमा उसले ऐतिहासिक उपाधि जितेको हो। 

टस जितेर पहिले बलिङ गरेको दक्षिण अफ्रिकाले पहिलो इनिङमा अस्ट्रेलियालाई २१२ रनमा सीमित गरेको थियो। ब्याटिङतर्फ पहिलो इनिङमा दक्षिण अफ्रिकाले कमजोर प्रदर्शन गर्दै १३८ रनमै अलआउट हुन पुगेको थियो। 

दोस्रो इनिङमा २०७ रन बनाएको अस्ट्रेलियाले जितका लागि २८२ रनको लक्ष्य दिएको थियो। चौथो दिनको खेलमा उसले लक्ष्य पूरा गर्दै २७ वर्षपछि आइसिसी उपाधि जितेको हो। जितका लागि मार्करमले १३६ रन बनाएका थिए। त्यस्तै, कप्तान तेम्बा बभुमाले ६६ रनको महत्वपूर्ण पारी खेलेका थिए। 

यो दक्षिण अफ्रिकाका लागि दोस्रो आइसिसी ट्रफी हो। यसअघि उसले सन् १९९८ मा आइसिसी एकदिवसीय खेलमा नकआउट ट्रफी जितेको थियो।