१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 15 June, 2025
Invalid date format १३:४२:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

इरानद्वारा इजरायलविरुद्ध तत्काल कदम चाल्न संयुक्त राष्ट्रसंघलाई आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:४२:oo

इरानी विदेश मन्त्री अब्बास अराघचीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टानियो गुटेरेससँग फोन वार्तामा द्वन्द्व उक्साएकोमा इजरायली सेनाविरुद्ध तत्काल कारबाही गर्न आग्रह गरेका छन्।

फोन वार्तामा अराघचीले इजरायली आक्रमणले इरानको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको अधिकारमाथि प्रहार गरेको उल्लेख गरेका छन्। यसलाई उनले आफ्नो देशविरुद्धको स्पष्ट आक्रमणको रूपमा वर्णन गर्दै राष्ट्रसंघको बडापत्रको धारा–५१ अनुसार आफ्नो रक्षा गर्ने तेहरानको संकल्पलाई पुष्टि गरेका छन्।

उनले राष्ट्रसंघीय सुरक्षा परिषद् तथा समग्र संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्न आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने कुरामा जोड दिँदै आक्रमणको कडा निन्दा गरेका छन्। इरानमा भएको आक्रमणका लागि इजरायललाई जवाफदेही बनाउन तत्काल ठोस कदम चाल्नुपर्नेसमेत उनले बताए।

तेहरान र वासिङ्टनबिच वार्ता चलिरहेको समयमा इरानी आणविक सुविधाहरूलाई लक्षित गरी गरिएको आक्रमणको राष्ट्रसंघीय महामसचिव गुटेरेसले निन्दा गरेका छन् ।