
मदन भण्डारी लोकमार्गको उदयपुर खण्डमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार बेलका नगरपालिका–६ बस्ने वर्ष ४५ का नबिन राईको मृत्यु भएको पुष्टि भएको हो।
गएराती बेलका नगरपालिका– ९, रंगलक्ष्मी पेट्रोलपम्प बुद्धचोकबाट रामपुरतर्फ आउँदै गरेको प्रदेश १–०५–००१ प १९१३ नम्वरको मोटरसाइकल कलबटको पिल्लरमा ठक्कर खाई दुर्घटना भएको थियो । उक्त दुर्घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाइ छ।