
बागमती प्रदेशकी अनिशा थारूले १५औँ केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदअन्तर्गत एथलेटिक्सको छात्रा ट्रिपल जम्पमा शुक्रबार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान राखेकी छिन् । दशरथ रंगशालामा अनिशाले ११.२७ मिटर जम्प गर्दै ०६४ सालमा केशरी चौधरीले बनाएको १०.८० मिटरको कीर्तिमान भंग गरेकी हुन् ।
ट्रिपल जम्पसहित छात्र र छात्राको चार गुणा १ सय मिटर रिलेमा तीन कीर्तिमान बनेका छन् । छात्र चार गुणा एक सय मिटर रिलेमा बागमतीको टोलीले निर्धारित दूरी ४३.४ सेकेन्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण हात पा¥यो । बागमतीले लुम्बिनीले राखेकोे ४४.०० सेकेन्डको कीर्तिमान तोडेको हो ।
सो स्पर्धाको छात्रामा बागमतीका दिना गोपाली, अनिशा थारू, भगवती खड्का र सुरुची मोक्तानले निर्धारित दूरी तय गर्न ५१.९ सेकेन्ड खर्चँदै कीर्तिमान स्थापित गरे । लुम्बिनीका निशा चौधरी, रेसु थारू, रामकुमारी थारू र सम्झना थारूको नाममा ५४.२ सेकेन्डको रेकर्ड थियो ।
बागमती च्याम्पियन
राष्ट्रपति रनिङ सिल्डअन्तर्गत एथलेटिक्समा बागमती टिम च्याम्पियन बन्यो । बागमतीले १२ स्वर्ण, चार रजत र तीन कांस्य जित्यो । त्यसमा बागमतीका लागि अनिशा थारू र प्रवीण रानामगरले समान चार स्वर्ण हात पारे ।
प्रवीणले सय मिटर दौड, दुई सय मिटर दौड, चार गुणा एक सय र चार गुणा चार सय मिटर रिलेमा स्वर्ण जिते । अनिशा लङजम्प, ट्रिपलजम्प, चार गुणा एक सय र चार गुणा चार सय मिटर रिलेमा पहिलो भइन् ।
सुदूरपश्चिम समान सात स्वर्ण, रजत र कांस्यसाथ दोस्रो भएको छ । तेस्रो स्थानमा रहेको गण्डकीले तीन स्वर्ण, पाँच रजत र ६ कांस्य हात पा¥यो । कर्णालीले तीन स्वर्ण, दुई रजत र पाँच कांस्य जित्यो । लुम्बिनीले एक स्वर्ण, पाँच रजत र पाँच कांस्य हात पा¥यो । स्वर्णविहीन कोशीले तीन रजत जित्दा मधेश पदकविहीन रह्यो ।