
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको सांसद पद निलम्बनको पत्र पढेर संसदमा सुनाइएको छ। शुक्रबार रास्वपा र राप्रपाको विरोधबिच अघि बढेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले निलम्बनको पत्र पढेर सुनाएका हुन्।
पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीको हदबन्दीभन्दा धेरै जग्गा खरिद-बिक्री प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेसँगै नेपालको सांसद पद स्वतः निलम्बनमा छ।