१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 14 June, 2025
Invalid date format १२:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:५६:oo

बेलायतीसरह समान पेन्सनलगायत भूतपूर्व गोर्खा सैनिकका मागका सम्बन्धमा करिब एक वर्षपछि बेलायतीसँग वार्ता भएको  छ । 

मागका सम्बन्धमा बिहीबार भएको वार्तामा बेलायती पक्षले सकारात्मक जवाफ दिएको यहाँस्थित नेपाली राजदूतावासका उपप्रमुख विपिन दुवाडीले बताए । 

उपप्रमुख दुवाडी, संयुक्त अधिराज्यको रक्षा मन्त्रालयका अधिकारी तथा भूतपूर्व गोर्खा प्रतिनिधि संलग्न वार्तामा बेलायतले मागबारे सकारात्मक जवाफ दिँदै पर्याप्त गृहकार्य गरेर अर्को बैठकमा बस्न सहमति जनाएको हो । 

‘बेलायती पक्ष सकारात्मक छ । पेन्सन लिने कति भूपूगोर्खा छन्, कति रकम आवश्यक पर्छ ? लगायत विषयमा अध्ययन गरी अर्को वार्तामा बस्ने सहमति भएको छ,’ उपप्रमुख दुवाडीले भने ।

गोर्खाभूतपूर्व सैनिक संघका सभापति कृष्णकुमार राईले विगतका वार्तामा भूपूगोर्खाका हितका विषयमा मात्र छलफल गरेको बेलायती पक्षले यसपटक समान पेन्सनका सम्बन्धमा पनि वार्ता गरेको र पर्याप्त गृहकार्यका साथ अर्को बैठक गर्ने गरी छलफल टुंगिएको जानकारी दिए।