
संसद्को अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरे र प्रतिपक्षी दलका नेताहरूबिच छलफल जारी छ। सभामुखको कार्यकक्षमा जारी छलफलमा सभामुखसहित उपसभामुख, विपक्षी दल माओवादीका नेता प्रचण्ड र प्रमुख सचेतक हितराज पाण्डे सहभागी छन्।
भिजिट भिसा प्रकरणले अवरुद्ध हुँदै आएको संसद् बैठक खुलाउने विषयमा विपक्षी दल रास्वपाले छुट्टै पाँचबुँदे प्रस्ताव ल्याएको छ। सत्तापक्षले उक्त प्रस्ताव अस्वीकार गरेपछि संसद्को अवरोध खुलाउने विषयमा सहमति जुट्न सकेको छैन।