१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २८ बुधबार
  • Friday, 13 June, 2025
२o८२ जेठ २८ बुधबार १८:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सल्यानमा बाढीले पाँच घरमा क्षति, दुई दर्जन बढी घर जोखिममा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २८ बुधबार १८:३६:oo

मंगलबार राति परेको वर्षातपछिको बाढी पस्दा सल्यानको मुख्य व्यापारिक केन्द्र श्रीनगर बजार र रेशमज्युलाका पाँच घरमा क्षति पुगेको छ।

श्रीनगरको अँधेरीखोलामा आएको बाढी बस्ती पस्दा ४५ वर्षीय सागरराज पाण्डेको कान्तिपुर सामुदायिक अस्पतालसहित ६५ वर्षीय डिल्लीबहादुर हमाल, ६७ वर्षीय सोबी चलाउने र ६० वर्षीय रेशम श्रेष्ठको घर तथा ३३ वर्षीया संगिता डाँगीको किराना पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

यस्तै, बाढीले शारदा नगरपालिका– १२ स्थित रशेमज्युलामा रहेको अटो भिलेजमा समेत क्षति गरेको छ। बाढीले रा १ ज ५२८ नम्बरको बोलेरो जिप आधा पुरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जानकारी दिए। खोलाकिनारमा अटो भिलेज भएकाले क्षति पुगेको उनको भनाइ छ। बाढीले बगाई ल्याएको लेदो, माटो, ढुंगाले वर्कसपको आधा भाग पुरेको उनले बताए।

यता, सम खोलामा आएको बाढीले कटान गर्दा अटो भिलेज, निर्माणाधीन सार्वजनिक शौचालयसहित दुई दर्जन बढी घर जोखिममा परेको शारदा नगरपालिका– १२ का वडाध्यक्ष सुरेन्द्र बुढाले जानकारी दिए। खोलाको निकासका लागि वाल तथा जाली हान्ने काम भइरहे पनि बाढी ठुलो आउँदा क्षति बढी भएको उनको भनाइ छ।

बाढीले स्थानीय अस्मिता बुढाथोकीको घरको आँगनसम्म कटान गरेको छ। निमबहादुर बुढाथोकी र भीमबहादुर बुढाथोकीको खेतसमेत कटान गरेको छ।