१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २८ बुधबार
  • Friday, 13 June, 2025
२o८२ जेठ २८ बुधबार १८:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गर्मीका कारण कटारीमा सात विद्यार्थी बेहोस, त्रियुगामा दुई दिन विद्यालय बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २८ बुधबार १८:२१:oo

गर्मीका कारण उदयपुरको कटारी नगरपालिका–५ मा रहेको भोर्ले माध्यमिक विद्यालयमा सातजना विद्यार्थी बेहोस भएका छन्। हिजो मंगलबार र आज बुधबार गरी सातजना बेहोस भएका वडाध्यक्ष मोहन तामाङले जानकारी दिए।

गर्मीले विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालयमा बिदा दिने कि नदिने भन्नेबारेमा नगरप्रमुख तथा उपप्रमुखसँग छलफल भइरहेको उनको भनाइ छ।

यता त्रियुगा नगरपालिकाले गर्मी बढेपछि नगरभित्रका सबै विद्यालयमा २ दिन बिदा दिएको छ। त्रियुगाका नगरप्रमुख वसन्तकुमार बस्नेतको हस्ताक्षर रहेको पत्रमा भनिएको छ, ‘अत्यधिक गर्मीका कारण विद्यार्थीको पठनपाठनलगायत गतिविधिमा कठिनाइ भएको तथा उनीहरूको स्वास्थ जोखिमलाई मध्यनजर गर्दै नगरपालिका क्षेत्रका सबै विद्यालयको पठनपाठन दुई दिनको लागि बन्द गर्न/गराउन जानकारी गराइन्छ।’

यसैगरी, चौदण्डीगढी नगरपालिकाका शिक्षा शाखा प्रमुख रामेश्वर कुँवरले अब दुई दिन मौसम हेरेर बिदा दिने तयारी गरेको जानकारी दिए। उनले भने, ‘गर्मी बढेको छ। अब दुई दिन पानी परेर मौसममा परिवर्तन नआएको खण्डमा बिदा दिनुपर्छ।’

गर्मीका कारण भित्री मधेशमा पर्ने त्रियुगा नगरपालिका, कटारी, चौदण्डीगढी र बेलका नगरपालिका, उदयपुरगढी गाउँपालिका बढी प्रभावित भएका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईँटेलले बताए।