१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २६ सोमबार
  • Monday, 09 June, 2025
सौरभ यादव राजविराज
२o८२ जेठ २६ सोमबार २१:१३:oo
Read Time : < 1 मिनेट
समाचार

इन्जिनियरको करार भंग गरेको भन्दै राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८२ जेठ २६ सोमबार २१:१३:oo

राजविराज नगरपालिकामा १५ वर्षदेखि कार्यरत इन्जिनियर अशोक दासलाई कार्यालय प्रमुख डा. श्रवणकुमार साहले करार सम्झौता भंग गर्दै निष्कासन गरेपछि नगरपालिकाका कर्मचारी आन्दोलित भएका छन्। इन्जिनियर दासलाई कार्यालय प्रमुख साहले नियोजित ढंगले निकालेको भन्दै कर्मचारीहरू आन्दोलित भएका हुन्।

५ माघ  ०८१ मा कार्यपालिकाको बैठकले दासलाई असारसम्मको लागि म्याद थप गर्ने निर्णय गरेको थियो। तर, कार्यालय प्रमुख साहले ७ वैशाखमा पत्रचार गर्दै करार भंग गरेका थिए। 
७ वैशाखमा करार भंग गरे पनि उनलाई भने १६ जेठसम्म हाजिर गर्न दिएको छ। तर, पछि उनलाई हाजिर गर्न रोक लगाएपछि राजविराज नगरपालिका अहिले आन्दोलनमय‌ बनेको छ। प्रमुख प्रशासकीय अधिकृत डा‍. श्रवण साहले दरबन्दीअनुसार स्थायी कर्मचारी नगरपालिकामा आएपछि करार भंग गरिएको बताए।  

कर्मचारीहरूले इन्जिनियर दासको कारार सम्झौता कायम‌ राख्न आन्दोलन गरिरहेको छ। आन्दोलनको क्रममा उनीहरूले शुक्रबारदेखि दुई घण्टा कार्यालयमा धर्ना दिइरहेका छन्। कार्यालयका कर्मचारीहरू नै आन्दोलनमा उत्रेपछि कार्यालयको कामकाज प्रभावित भएको छ‌। 

नेपाल नगरपालिका कर्मचारी एसोसिएसन इकाइ समितिको अगुवाइमा आन्दोलनरत करारका कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृत डा. श्रवण साह र योजना अधिकृत मनोज यादवले एकलौटी ढंगले काम गरेको आरोप लगाउँदै कारबाही तथा सरूवाको माग गरेका छन्।