१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 09 June, 2025
रमेश रावल सुर्खेत
Invalid date format १७:१३:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

प्रतिपक्षद्वारा कर्णाली प्रदेश सभाको बैठक अवरुद्ध

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
Invalid date format १७:१३:oo

कर्णाली प्रदेश सभाको सोमबारको बैठक अवरुद्ध भएको छ। प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले बजेट निर्माणमा योजना छनोट प्रक्रियाको विरोध गर्दै प्रदेश सभा अवरुद्ध गरेको हो।

बैठकमा योजनाहरु योजना बैंकमा इन्ट्री गर्ने विधिको आधार के हो भनेर माओवादी सांसद विन्दमान विष्टले प्रश्न उठाएका थिए। ‘जिल्लाबाट योजना बैंक कसरी आए? ती योजना अहिले किन हालिएन?’ उनले प्रश्न गरे।

थिति बसाल्ने सरकारको कदममा प्रतिपक्ष साथमा भए पनि बेथितिको साथ दिन नसक्ने उनको भनाइ  थियो। उनले चित्त बुझ्दो जवाफ नआएसम्म सदन चल्न नदिने बताए।

प्रतिपक्षले प्रदेश सभामा अवरोध गरेपछि सभामुख नन्दा गुरुङले बैठक आधा घण्टाका लागि स्थगित गरेकी छिन्।