१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २६ सोमबार
  • Monday, 09 June, 2025
गणेश लम्साल विराटनगर
२o८२ जेठ २६ सोमबार १५:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोशी प्रदेशमा अवैध बिउविजन बिक्री–वितरण

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८२ जेठ २६ सोमबार १५:१२:oo

कोशी प्रदेशमा अवैध बिउविजन खुलमखुला बिक्री–वितरण हुने गरेको पाइएको छ। उद्योग, कृषि तथा सहकारी मन्त्रालयको टोलीले तराईका जिल्लाहरू झापा, मोरङ, सुनसरी र उदयपुरमा अनुगमन गर्दा सूचीकृत नभएका अवैध बिउविजन छ्यापछ्याप्ती बिक्री हुने गरेको पाइएको हो।

प्रदेश बिउविजन समिति संयोजक तथा प्रदेश कृषि मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेका अनुसार १६ जेठमा अनुगमन गर्दा संयुक्त टोलीले  सुनसरीका विभिन्न स्थानबाट धान र तरकारीको अवैध बिउ छ्यापछ्याप्ती बिक्री भइरहेको फेला पारेको हो।

सचिव पाण्डेका अनुसार अवैध तरिकाले बिउ बिक्रीका लागि बजारमा पठाउनेहरूमा राष्ट्रिय बिउविजन कम्पनीमा दर्ता भएर नाम चलेका कम्पनीहरू नै छन्। मन्त्रालयको अनुगमनअनुसार राष्ट्रिय बिउविजन कम्पनी प्रालि मोरङ, कृषक बिउ उत्पादक समूह गौरादह– ६ झापा, भूमि सिड मोरङ विराटनगर, कञ्चन बिउ उत्पादक उद्योग प्रालि मेचीनगर झापा, मेची कृषक बहुमुखी सहकारी संस्था लिमिटेड मेचीनगर झापा, तमोर बिउ उत्पादक बिर्तामोड– ७ झापा, इस्ट–वेस्ट सिड कम्पनी, विराटनगरलगायतले अवैध बिउविजन बिक्री गर्ने गरेको फेला परेको हो।

कृषि सामग्री कम्पनी लिमिटेड इटहरीबाट पनि बिउ व्यवसाय प्रमाणपत्र नभएका व्यवसायीलाई पनि बिउविजन उपलब्ध गराउने गरेको पाइएको छ। अनुगमनका क्रममा व्यवसायको अनुमति नलिई र नवीकरण नगरी अवैध बिउविजन बिक्री गर्ने व्यवसायीहरू अनुगमन आएको थाहा पाएपछि पसल बन्द गरेर भाग्ने गरेका छन्।

प्रदेश बिउविजन ऐनअनुसार स्रोत, मूल र वर्णशंकर बिउ उत्पादन गर्न र बिक्री–वितरण गर्न अनुमति लिएर नियमित नवीकरण गरेको हुनुपर्छ। ऐन पालना नगर्नेलाई २५ हजारदेखि एक लाख रुपैयाँसम्म जरिवानासहित कम्पनीको दर्तासमेत खारेज हुन सक्ने व्यवस्था छ। यसैगरी सूचीकृत नभएका कमगुणस्तरिय अवैध बिउविजन बिक्री गर्नेहरूले कृषकलाई हानिनोक्सानीबराबरको क्षतिपूर्तिसमेत तिर्नुपर्छ।