१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २६ सोमबार
  • Monday, 09 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ २६ सोमबार १४:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

युके पठाइदिन्छु भन्दै ४१ लाख ठगेको आरोपमा एक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ २६ सोमबार १४:४८:oo

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विदेश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं नागार्जुन नगरपालिका– १५ बस्ने काभ्रे पाँचखाल नगरपालिका– ३ घर भएका ५५ वर्षीय कविराज सिपखान रहेका छन्।

युके पठाइदिन्छु भन्दै एक व्यक्तिबाट ४१ लाख १४ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कविराजलाई काठमाडौं– २८ बाट पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।