
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकाे १२ देशका मानिसलाई अमेरिका आउन पूर्ण रूपमा प्रतिबन्ध लगाउने आदेश आजदेखि कार्यान्वयनमा आएको छ ।
प्रतिबन्ध लगाइएका देशहरूमा अफगानिस्तान, म्यानमार, चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन रहेका छन् ।
यी बाहेक सात देशका नागरिकहरूमा पनि आंशिक प्रतिबन्ध लगाइएको छ । यो आप्रवासन र गैरआप्रवासन भिसा दुवैमा लागू हुनेछ । जसमा बुरुन्डी, क्युबा, लाओस, सियरालियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला रहेका छन् ।
अमेरिकी विदेश विभागका अनुसार पूर्ण प्रतिबन्धको अर्थ त्यो देशका अधिकांश नागरिकहरूलाई अमेरिका प्रवेश गर्न पूर्ण रूपमा प्रतिबन्ध हुनेछ । यसमा पर्यटक भिसा, विद्यार्थी भिसा, काम भिसा र आप्रवासी भिसा खोज्ने व्यक्तिहरू समावेश रहेको विदेश विभागले जनाएको छ । अर्कोतर्फ, आंशिक प्रतिबन्धको अर्थ त्यो देशका नागरिकहरूका लागि केही विशिष्ट प्रकारका भिसा वा प्रवेश प्रतिबन्धित हुनेछन् ।
साथै ट्रम्पले अन्य देशका नागरिकहरूलाई भिसा जारी गर्दा सावधान रहन आग्रह गरेका छन् ।