१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २६ सोमबार
  • Monday, 09 June, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ जेठ २६ सोमबार १२:o३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

१२ देशका नागरिकलाई अमेरिकाको प्रतिबन्ध आजदेखि लागू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ जेठ २६ सोमबार १२:o३:oo

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकाे १२ देशका मानिसलाई अमेरिका आउन पूर्ण रूपमा प्रतिबन्ध लगाउने आदेश आजदेखि कार्यान्वयनमा आएको छ । 

प्रतिबन्ध लगाइएका देशहरूमा अफगानिस्तान, म्यानमार, चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन रहेका छन् । 

यी बाहेक सात देशका नागरिकहरूमा पनि आंशिक प्रतिबन्ध लगाइएको छ । यो आप्रवासन र गैरआप्रवासन भिसा दुवैमा लागू हुनेछ । जसमा बुरुन्डी, क्युबा, लाओस, सियरालियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला रहेका छन् ।

अमेरिकी विदेश विभागका अनुसार पूर्ण प्रतिबन्धको अर्थ त्यो देशका अधिकांश नागरिकहरूलाई अमेरिका प्रवेश गर्न पूर्ण रूपमा प्रतिबन्ध हुनेछ । यसमा पर्यटक भिसा, विद्यार्थी भिसा, काम भिसा र आप्रवासी भिसा खोज्ने व्यक्तिहरू समावेश रहेको विदेश विभागले जनाएको छ । अर्कोतर्फ, आंशिक प्रतिबन्धको अर्थ त्यो देशका नागरिकहरूका लागि केही विशिष्ट प्रकारका भिसा वा प्रवेश प्रतिबन्धित हुनेछन् ।


साथै ट्रम्पले अन्य देशका नागरिकहरूलाई भिसा जारी गर्दा सावधान रहन आग्रह गरेका छन् ।