१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 09 June, 2025
Invalid date format २१:४३:oo
Read Time : < 1 मिनेट
समाचार

लागुऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:४३:oo

प्रहरीले बर्दियाको मधुवन नगरपालिका–७, गोपाल चोकबाट अवैध लागुऔषध ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको छ। २५० मिलिग्राम ब्राउन सुगरसहित उनीहरूलाई प्रहरीले शनिबार पक्राउ गरेको हो। 

गोपालचोक एरिया गस्ती गर्ने क्रममा प्रहरीले मधुवन नगरपालिका –७ का २२ वर्षीय डिलबहादुर बस्नेत र मधुवन नगरपालिका–५ का २२ वर्षीय झलक डाँगीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब प्रहरी उपरीक्षक चक्रबहादुर डम्बरपालले बताए। 

पक्राउ परेको दुवैजनालाई आइतबार अदालतबाट पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय ढोढरीमा राखी अनुसन्धान भइरहेको छ।