१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २५ आइतबार
  • Sunday, 08 June, 2025
तिवारी यादव वीरगन्ज
२o८२ जेठ २५ आइतबार १९:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वीरगन्जमा कार दुर्घटना हुँदा एक भारतीयको मृत्यु, तीनजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २५ आइतबार १९:१२:oo

वीरगन्ज महानगरपालिका–१४, पिपरास्थित रेनुका पेट्रोल पम्पनजिकै आइतबार भएको कार दुर्घटनामा एक भारतीय युवकको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा भारत बिहारको नरकटियागन्जका अन्दाजी ३० वर्षीय बिटु सर्राफ रहेका छन्। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

आइतबार अपराह्न ३ बजे भएको उक्त दुर्घटनामा कारका चालक नरकटियागन्जकै ४० वर्षीय गणेश सर्राफ, कारमा सवार त्यही ठाउँका २० वर्षीय रतन सर्राफ र २१ वर्षीय बिटु सर्राफ गम्भीर घाइते भएका छन्। 

प्रहरीका अनुसार गण्डक चोकबाट नयाँ बसपार्कतर्फ आउँदै गरेको बिआर ५५ बी ९१०४ नम्बरको भारतीय कार अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको थियो।

घाइतेहरूको परवानीपुर गाउँपालिका– ५ मा रहेको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास भट्टले जानकारी दिए।