१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 08 June, 2025
सौरभ यादव राजविराज
Invalid date format १६:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अनियमितता बढेको भन्दै राजविराजमा‌ स्थानीयले गरे तालाबन्दी [भिडियाेसहित]

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
Invalid date format १६:१४:oo

सप्तरीको राजविराज नगरपालिकामा स्थानीय युवाहरूले आइतबार तालाबन्दी गरेका छन्।‌ नगरपालिकामा‌ भ्रष्टाचार तथा अनियमितता बढेको भन्दै उनीहरूले तालाबन्दी गरेका हुन्। 

आर्थिक वर्षको अन्तमा प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गरेर निमित्तको भरमा पालिकामा अनियमितता गर्न कार्यवाहक नगरप्रमुख इसरत परविनले खोजेको उनीहरूको आरोप छ।‌

निमित्तको भरमाम भ्रष्टाचार गर्न खोजिरहेको भन्दै उनीहरू आन्दोलनमा उत्रेका छन्। नगरपालिकामा तालाबन्दी भएपछि कार्यालयको‌ कामकाज ठप्प भएको छ।‌

नगरपालिकामा भ्रष्टाचार मौलाएको, सिसिटिभी, विषादी, कर्मचारी भर्ना सबैमा भ्रष्टाचार भइरहेको स्थानीय युवा नेता अनिल यादवले भने। 

तालाबन्दी गर्न राजविराज नगर परिक्रमा गर्दै निकालिएको जुलुसमा राजविराज नगरपालिकाका हाल निलम्बित नगरप्रमुख भीमराज यादव पनि सहभागी थिए।