
विपत् पूर्वाभ्यासको क्रममा सप्तकोशीमा नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका गोताखोर सुरज साउदको शव आइतबार बिहान फेला परेको छ । कोशी ब्यारेजको ५५ नम्बर ढोकानजिकबाट उनको शव निकालिएको हो ।
कुरिनटारबाट खटिएका डिएसपी पुरुषोत्तम भण्डारीको टोलीले उनको शव निकालेको हो। सप्तरी जिल्लामा गत बिहीबार विपत् पूर्वाभ्यासको क्रममा साउद र हरदेव राजवंशी बेपत्ता भएका थिए । राजवंशीको शव शुक्रबार भेटिएको थियो।