१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २४ शनिबार
  • Saturday, 07 June, 2025
२o८२ जेठ २४ शनिबार १४:४७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

युक्रेनमा रुसी हवाई आक्रमण, पाँचजनाको मृत्यु, दर्जनौँ घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २४ शनिबार १४:४७:oo

युक्रेनका विभिन्न सहरहरूमा शनिबार बिहान भएको रुसी हवाई आक्रमणमा पाँचजनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी नागरिक घाइते भएका छन्।

खार्किभ सहरका मेयर इहोर टेरेखोभका अनुसार यो सहरले हालसम्मकै सबैभन्दा ठुलो हवाई आक्रमणको सामना गरेको छ। बिहान करिब चार बजे सुरु भएको आक्रमणमा ४८ वटा ड्रोन, दुईवटा मिसाइल र चारवटा बम प्रयोग गरिएको उनले जानकारी दिए। खार्किभमा मात्र तीनजनाको मृत्यु भएको र १७ जना घाइते भएको जनाइएको छ।

त्यसैगरी, खेरसोनमा तोपखानाको प्रहारबाट एक दम्पतीको मृत्यु भएको र दुई भवनमा क्षति पुगेको छ। ड्निप्रो सहरमा दुईजना महिला घाइते भएका छन् भने लुत्स्कमा शुक्रबारको आक्रमणमा घाइते एक युवतीको मृत्यु भएको पुष्टि गरिएको छ।

आक्रमणपछि उद्धारकर्मीहरू सक्रिय रूपमा प्रभावित क्षेत्रहरूमा काम गरिरहेका छन्। अधिकारीहरूले घाइतेहरूको उपचार भइरहेको र केहीको अवस्था गम्भीर रहेको जनाएका छन्।

रुसले पछिल्ला दिनहरूमा युक्रेनमाथि आक्रमण तीव्र बनाएको छ। उता युक्रेनले युद्धविरामको प्रस्ताव राखे पनि रुसले अझै त्यसमा सकारात्मक प्रतिक्रिया दिएको छैन। अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयमता अपनाउन र शान्तिपूर्ण समाधानको बाटो रोज्न आग्रह गरिरहेको छ।