
सिन्धुपाल्चोक सेवा समाज युएईको पाँचौँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले आगामी कार्यकालका लागि सुवास न्यौपानेको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ।
समाजको उपाध्यक्षहरूमा सुनील तामाङ र कल्पना केसी, महासचिवमा विश्व भुजेल, सचिव प्रदीप दहाल, सहसचिवहरू सरोज न्यौपाने र जमुना तामाङ, कोषाध्यक्ष सविना तामाङ, सहकोषाध्यक्ष सम्झना गुरुङ, महिला विभाग प्रमुख सम्झना तामाङ निर्विरोध निर्वाचित भए।
यसैगरी, सदस्यहरूमा छिरिङ थोकर, लालचन्द्र नेपाल, सुजिना गोले, मीरा सिवाकोटी, प्रकृति स्याङ्बो, गोमा खड्का, सन्जमाया तामाङ, देवेन्द्र नेपाल, शर्मिला कार्की, वसन्त तामाङ, अनिता तामाङ र सुकुमाया तामाङ चयन भएका सिन्धुपाल्चोक सेवा समाज युएईका नवनिर्वाचित अध्यक्ष न्यौपानेले जानकारी दिए।