१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 07 June, 2025
तिवारी यादव वीरगन्ज
Invalid date format १५:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:५९:oo

पर्सामा मोटरसाइकल चोरीको घटनामा वृद्धि भएको पाइएको छ। मोटरसाइकल चोरीमा प्रायः गिरोह नै संलग्न हुने गरेको छ। प्रहरीका अनुसार गिरोह दिउँसो दुई–चारजनाको समूहमा विभाजन भई मोटरसाइकल पार्किङ, सवारीधनी र घरलगायतको बारेमा जानकारी लिई मोटरसाइकल चोरी गरिरहेका हुन्छन्।

पर्सा प्रहरीका अनुसार गत आर्थिक वर्ष ०८०/८१ मा २६३ वटा मोटरसाइकल चोरी भएका छन्। तर, त्यसमध्ये १३ वटा मात्र फेला परेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए। यस्तै, चालू आर्थिक वर्ष ०८१/८२ को १० महिनामा १५१ वटा मोटरसाइकल चोरी भएकोमा पाँचवटा प्रहरीले फेला पारेको छ।

पर्सा प्रहरीको तथ्यांकअनुसार जिल्लाका विभिन्न स्थानबाट अहिले दिनहुँ एक–दुईवटा मोटरसाइकल चोरी घटनाको सूचना प्रहरीमा आइरहेको हुन्छ। प्रवक्ता लम्सालका अनुसार मोटरसाइकल चोरी भएको सूचना, निवेदन आए पनि प्रहरीमा जाहेरी भने निकै कम आउने गरेको छ।

प्रहरीले फेला पारेको मोटरसाइकल सवारीधनीलाई बुझाएको प्रहरी नायब उपरीक्षक लम्सालले बताए। प्रहरीका अनुसार जिल्लामा घर र बजारमा पार्किङ गरी राखिएको स्थानबाट बढी मोटरसाइकल चोरी भएको देखिन्छ।

प्रहरीका अनुसार मोटरसाइकल चोरी गर्ने गिरोह चोरी गरेर सीमावर्ती सहरमा भित्रिने गरेका कारण पनि समात्न समस्या हुने गरेको छ। वीरगन्जमा चोरी भएको यहाँको मोटरसाइकल केही मिनेटमै सीमावर्ती भारतीय सहरमा गएको प्रहरीको सिसिटिभी फुटेजमा देखिने गरेको छ।

त्यसमाथि पर्सामा प्रहरीको आवश्यक जनशक्ति पनि नभएको अधिकारीहरू बताउँछन्।