१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 07 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १४:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

छानबिन समिति नबनेसम्म सदन चल्न नदिने विपक्षी दलहरूको निर्णय

समिति बनाउन सत्ता पक्षसँग संवाद गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १४:३७:oo

भिजिट भिसा ठगी प्रकरणमा विपक्षी दलहरूले उच्चस्तरीय छानबिन समिति गठनको सुनिश्चितता नभएसम्म सदन चल्न नसक्ने निर्णय गरेका छन्। माओवादी अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको माओवादी, रास्वपा, एकीकृत समाजवादी, नेसपा, आजपाको बैठकले भिजिट भिसामा छानबिन समिति गठनको सुनिश्चितता सत्तापक्षले गर्नुपर्ने निष्कर्ष निकालेको हो । 

माओवादी सांसद माधव सापकोटाका अनुसार छानबिन समिति सुनिश्चितताको बटमलाइनसहित सत्तापक्षसँग संवाद गर्ने जिम्मा प्रमुख सचेतकलाई दिइएको छ । माओवादी प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार, एकीकृत समाजवादी उपाध्यक्ष राजेन्द्र पाण्डेलाई सत्तापक्षसँग संवाद गर्ने जिम्मा दिइएको छ ।