१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २२ बिहीबार
  • Friday, 06 June, 2025
२o८२ जेठ २२ बिहीबार १४:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कालीकोटको मुम्रा बालविवाह निषेधित वडा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २२ बिहीबार १४:५४:oo

यहाँको सान्नीत्रिवेणी गाउँपालिका– ८, मुम्रालाई बालविवाह निषेधित वडा घोषणा गरिएको छ । ‘नगरौँ बिहेको कुरा, भएको छैन २० वर्ष पूरा’ भन्ने मूल नाराका साथ बालविवाह निषेधित वडा घोषणा गरिएको हो । 

शिक्षा, स्वास्थ्य, पोषण तथा संरक्षणमा बालविवाहले प्रतिकूल असर परेकाले सान्नीत्रिवेणी गाउँपालिकालाई दुई वर्षभित्र बालविवाहमुक्त पालिका घोषणा अभियान सुरु गरेको गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले बताए। ‘बालविवाहजस्तो सामाजिक कुप्रथाले बालबालिकाको जीवन अन्धकारमा पुर्‍याएको छ,’ उनले भने, ‘उमेर नपुगी बिहे गरेका किशोरीहरू कुपोषणको मारमा छन् । सामाजिक, सांस्कृतिक, आर्थिक रूपमा कमजोर छन् ।’

गाउँमा कसैले पनि बालविवाह नगर्ने–नगराउने प्रतिबद्धतासहित बालविवाह निषेधित वडा घोषणा गरिएको बाल अभियन्ता तथा अधिवक्ता खडानन्द चौलागाईंले बताए । ‘बालविवाह कानुनी र सामाजिक अपराध हो,’ उनले भने।

चार वर्षअघिसम्म ६८ प्रतिशत बालविवाह रहेको मुम्रामा ‘प्लान’सहितका संघसंस्थाको सहयोगमा अभियान सञ्चालन गरेपछि गत चैतमा १० प्रतिशतभन्दा कम भएको हो । सान्नीत्रिवेणी गापाको ७ र ८ नम्बर वडा बालविवाह निषेधित वडा घोषणा भइसकेका छन् । बालविवाह निषेधित वडा घोषणापछि पालिकाले किशोरकिशोरीको शिक्षामा लगानी गर्ने गाउँपालिकाकी उपाध्यक्ष पार्वती सञ्ज्यालले बताइन्।
 

छुटाउनुभयो की ?