
जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा पाँचवटा काठेपुल बाढीले बगाएको छ ।
बुधबारको बाढीले भोटखोला वडा नम्बर १, २ र १, ३ जोड्ने धुङगोपा खोलाका दुईवटा काठेपुल बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए।
बाढीले भोटखोला १ र ३ जोड्ने घङजुङ खोलाको काठेपुल पनि बगाएको छ । भोटखोला १ र ३ जोड्ने छोकाङ खोला, भोटखोला १ र ३ जोड्ने माप्च्या खोलाको पुल पनि बगेको छ ।
यसैबिच, केही दिनअघिको बाढीले भोटखोला गाउँपालिका– ३ मा निर्माण भएका दुईवटा साना जलविद्युत् आयोजना बगाएपछि २५० घर विद्युतविहीन भएका छन् । बाढीले कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथांका सडकखण्डको हटिया र हुङहुङ सडक बगाएको छ । बाढीका कारण खाँदबारी–किमाथांका सडकखण्ड अवरुद्ध हुँदा यातायात सेवा ठप्प छ ।