
केन्याका राजदूत पिटर मैना मुन्यिरीले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।
नेपालका लागि गणतन्त्र केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टन्डनको उपस्थितिमा मुन्यिरीले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।
सोही दिन मुन्यिरीले कमलादीस्थित सिटी एक्सप्रेस कम्प्लेक्समा रहेको केन्याको अवैतनिक दूतावास कार्यालयको उद्घाटन पनि गरे ।
मुन्यिरीको अध्यक्षतामा भएको एक कार्यक्रममा दुवै देशबिच व्यापार प्रवर्द्धनका साथै सांस्कृतिक तथा अन्य विविध क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ ।
नेपालका लागि गणतन्त्र केन्याका अवैतनिक वाणिज्यदूत टन्डन सिटी एक्सप्रेस मनी ट्रान्सफरका संस्थापकसमेत हुन् ।