१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २२ बिहीबार
  • Friday, 06 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ २२ बिहीबार o९:३९:oo
Read Time : > 1 मिनेट
Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ २२ बिहीबार o९:३९:oo

सन् १९८४ : भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीले शिख धर्मावलम्बीको सबैभन्दा पवित्रस्थल स्वर्ण मन्दिरमा सैन्य अप्रेसन (अपरेसन ब्लु स्टार) सञ्चालन गर्न निर्देशन दिइन् । मन्दिरमा लुकिबसेका सिख पृथकतावादी नेता जरनैल सिंह भिन्डारावाले लगायतलाई निकाल्न सो अभियान चलाइएको थियो । सोही अप्रेसनका कारण पछि गान्धीलाई उनका एक सिख अंगरक्षकले गोली हानी मारेका थिए । 

सन् १७२३ : अर्थशास्त्रका जन्मदाता एडम स्मिथ आजकै दिन स्कटल्यान्डको कर्ककाल्डीमा जन्मिएका थिए ।

सन् १८०६ : नेपोलियनको दबाबमा नेदरल्यान्डको गणतन्त्र अन्त्य भयो । उनका भाइ राजा बनाइए । 

सन् १९०० : दोस्रो बोअर युद्धका क्रममा तत्कालीन ट्रान्सभालको राजधानी प्रिटोरियालाई बेलायती फौजले कब्जा गर्‍यो । 

सन् १९३३ : अमेरिकी संसद्ले ऋणदाताले आफ्नो रकम सुनमा माग गरे तिर्नुपर्ने अधिकार खारेज गरेसँगै अमेरिकामा ‘गोल्ड स्ट्यान्डर्ड’ खारेज भयो । 

सन् १९४७ : अमेरिकी विदेशमन्त्री जर्ज मार्सलले दोस्रो विश्वयुद्धमा ध्वस्तप्रायः पश्चिम युरोपेली मुलुकको पुनर्निर्माणका लागि अर्बौं डलरको ‘मार्सल योजना’को रूपरेखा प्रस्तुत गरे । 

सन् १९५९ : बेलायतबाट स्वतन्त्र भएपछि सिंगापुरमा भएको पहिलो आमनिर्वाचनमा पिपुल्स एक्सन पार्टीले बहुमत हासिल गरेपछि यसका नेता ली क्वान युले प्रधानमन्त्रीका रूपमा शपथ लिए । 

सन् १९६७ : इजरायल र अरब देशहरू इजिप्ट, जोर्डन र सिरियाबिच ६ दिने युद्ध सुरु भयो । इजरायल विजयी भएको युद्धमा उसले ती देशका झन्डै ७० हजार वर्ग किमि क्षेत्रमाथि कब्जा जमाएको थियो । 

सन् १९६८ : प्यालेस्टिनी नागरिक सिरहान सिरहानले अमेरिकी डेमोक्रेटिक पार्टीका राष्ट्रपतीय उम्मेदवार तथा पूर्वराष्ट्रपति जोन एफ केनेडीका भाइ रोबर्ट एफ केनेडीको गोली हानी हत्या गरे । 

सन् १९७७ : वाङ्गारी माथाई नेतृत्वमा रहेको केन्याको राष्ट्रिय महिला परिषद् ‘ग्रिनबेल्ट मुभमेन्ट सुरु गर्‍यो । 

सन् १९८१ : अमेरिकाको ‘सेन्टर फर डिजिज कन्ट्रोल’(सिडिसी)ले औपचारिक रूपमा लस एन्जल्स सहरका समलिंगीमा एडस महामारी फैलिएको स्विकार्‍यो । 

सन् २०१३ : अमेरिकी गुप्तचर निकाय एनएसएका पूर्वकर्मचारी एड्वार्ड स्नोडेनले चुहाएका दस्ताबेजबाट पहिलो आलेख ब्रिटिस पत्रिका ‘द गार्जियन’मा छापियो । 
 

छुटाउनुभयो की ?