१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 06 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:o६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्सेसँगै कारोबार रकममा पनि गिरावट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:o६:oo

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। आज नेप्से परिसूचक ११.९७ अंकले घटेर दुई हजार ६४६.९५ को विन्दुमा कायम भएको हो।

आज ३१३ कम्पनीको एक करोड ३७ लाख ८२ हजार ४६८ कित्ता सेयर ५९ हजार १३० पटक खरिद–बिक्री हुँदा रु. पाँच अर्ब १६ करोड ३३ लाख ३४ हजार ५२२ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा म्युचुअल फन्ड र व्यापार समूह मात्रै बढेका छन्। अरू सबै समूहको उपसूचक घटेको छ। ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड र प्युअर इनर्जी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड छ, जुन ५.८१ प्रतिशतले गिरावट भएको हो।

कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आज सबैभन्दा धेरै अरुण काबेली पावर लिमिटेडको रु. ३६ करोड २५ लाख ५९ हजारबराबरको १३ लाख ४५ हजार रु. ४२६ कित्ता सेयर किनबेच भएको छ। रासस

छुटाउनुभयो की ?