१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 06 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सदनभित्र विभेद भएको भन्दै राप्रपाले गरायो सभामुखको ध्यानाकर्षण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:४१:oo

संसद्को पाँचौँ ठुलो दल राप्रपा सांसदहरूले सदनभित्र विभेद भएको भन्दै सभामुख देवराज घिमिरेलाई भेटेर ध्यानाकर्षण गराएका छन्।

प्रमुख सचेतक ज्ञानबहादुर शाहीका अनुसार सदन सञ्चालनसम्बन्धी पछिल्ला बैठकमा सभामुखले राप्रपालाई बोलाउन छाडेका थिए। यसबारेमा ध्यानाकर्षण गरिएको शाहीले बताए।

सभामुखले आवश्यकताका आधारमा बैठक बोलाइने भन्दै कार्य व्यवस्थामा बोलाइरहेको जवाफ दिएका थिए। 

राप्रपाले सांसद दीपकबहादुर सिंहको पक्राउ, संसद्को विशेषाधिकार हनन भएको विषय राखेका थिए। सभामुख घिमिरेले सिंह पक्राउको जानकारी नआएको बताएका थिए। राप्रपाले पिएसओ फिर्ताबारे पनि चासो राखेका थिए।

सांसदहरू बुद्धिमान तामाङ, ज्ञानबहादुर शाही, दीपकबहादुर सिंह, विना लामा र रोशन कार्कीले बुधबार दिउँसो सभामुखको कार्यकक्षमा पुगेर भेटेका हुन्।

बुद्धिमान तामाङले गृहमन्त्री रमेश लेखकसँग पनि पिएसओबारे सोधेका थिए। लेखकले मान्छे कम परेर लगेको जवाफ दिएका थिए।

छुटाउनुभयो की ?