Skip This
आइपिएल २०२५ : युवा खेलाडी सुदर्शनले बनाए सर्वाधिक रन, प्रसिद्धलाई सर्वाधिक विकेट
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ जेठ २१ बुधबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमार्डाैं
२o८२ जेठ २१ बुधबार o१:१२:oo
Read Time : < 1 मिनेट
खेलकुद

आइपिएल २०२५ : युवा खेलाडी सुदर्शनले बनाए सर्वाधिक रन, प्रसिद्धलाई सर्वाधिक विकेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमार्डाैं
नयाँ पत्रिका
२o८२ जेठ २१ बुधबार o१:१२:oo

आइपिएलको यो सिजनमा सर्वाधिक रन बनाएर पर्पल क्यापको अवार्ड गुजरातका साई सुदर्शनले जितेका छन्। १५ खेलमा उनले ७५९ रन प्रहार गरे। दोस्रो स्थानमा रहेका मुम्बईका सूर्यकुमार यादवको ७१७, तेस्रो स्थानमा रहेका विराट कोहलीको ६५७ रन छ। त्यस्तै, ६५० रन बनाएर शुभमन गिल चौथो तथा ६२७ रन बनाएर मिचेल मार्स पाँचौँ स्थानमा रहे। 

पर्पल क्याप जितेका सुदर्शनलाई नै सर्वाधिक चौका प्रहार गरेको अर्काे पुस्कारसमेत प्रदान गरियो । यो सिजनमा उनले ८८ चौका प्रहार गरेका थिए। 

त्यस्तै, सर्वाधिक विकेट लिएर गुजरातकै प्रसिद्ध कृष्णले पर्पल क्याप जितेका छन्। १५ खेलमा उनले २५ विकेट लिए।

दोस्रो स्थानमा रहेका चेन्नईका नूर अहमदले २४, तेस्रो स्थानमा रहेका बेंग्लाेरका जोस हेजलउडले २२, चौथो स्थानमा रहेका मुम्बईका ट्रेन्ट बोल्डले २२ तथा पाँचौँ स्थानमा रहेका पन्जाबका अर्शदीप सिंहले २१ विकेट लिएका छन्। 

याे सिजनमा सर्वाधिक छक्का भने लखनउका निकोलस पुरनले प्रहार गरे। उनले ४० छक्का हानेका थिए। 

प्लेयर अफ द टुर्नामेन्टको उपाधि भने मुम्बईका सूर्यकुमार यादवले जितेका छन्। हरेक खेलमा उत्कृष्ट ब्याटिङ गरेका उनले ७१७ रन बनाएका थिए। 

आइपिएलको यो सिजन मंगलबार सकिएको हो। फाइनल खेलमा बेंग्लाेरले पन्जाबलाई ६ रनले पराजित गर्दै पहिलोपटक उपाधि जितेको हो।