१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 06 June, 2025
Invalid date format १६:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:५७:oo

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनाको प्रभावकारी ढंगले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। 

प्राधिकरणले मंगलबार पत्रकार सम्मेलन गर्दै विगतबाट पाठ सिक्दै यो वर्ष क्षति न्यूनीकरणका लागि प्रभावकारी रूपमा कार्ययोजनाको कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको हो।  

प्राधिकरणका निमित्त कार्यकारी प्रमुख बन्धुप्रसाद बाँस्तोलाले विपतजन्य पूर्वसूचनालाई प्रभावकारी बनाउँदै प्राधिकरणले आउँदो मनसुनलाई दृष्टिगत गर्दै मनसुनजन्य विपत् पूर्वतयारी तथा प्रतिकार्यका लागि सरोकार भएका निकायबिच समन्वय र सहकार्य बढाउने बताए। 

पूर्वसूचना तथा चेतावनी प्रणालीलाई सुदृढ गर्दै जोखिममा रहेका वर्ग, क्षेत्र र समुदायसम्म समयमा सूचना पुर्‍याइने उनले जानकारी दिए। कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गरिने प्रतिबद्धता पनि उनले व्यक्त गरे। यो वर्ष करिब २० लाख मनसुनबाट प्रभावित हुने प्राधिकरणको अनुमान छ। प्राधिकरणले संकटका वेला प्रभावकारी ढंगले समन्वय गर्न विपत् व्यवस्थापन प्रणालीलाई सशक्त बनाइने जनाएको छ। 

यसैबिच, जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश स्थानमा विगतको सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ। 

छुटाउनुभयो की ?