१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 06 June, 2025
तिवारी यादव वीरगन्ज
Invalid date format १५:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नारायणी रंगशालालाई चार करोड बजेट विनियोजन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:oo:oo

सरकारले आगामी आर्थिक वर्ष ०८२/८३ मा पर्साका विभिन्न ठुला रंगशाला र खेलमैदानका लागि बजेट छुट्याएको छ। जिल्लाका विभिन्न खेलमैदानका लागि १३ करोड बजेट छुट्याएको बजेट पुस्तिकामा उल्लेख छ।

वीरगन्ज महानगरपालिकाअन्तर्गतको नारायणी रंगशाला, निर्माणाधीन नारायणी बहुउद्देश्यीय कभर्ड हल, आदर्शनगर रंगशाला र बढनियार मैदानका लागि बजेट विनियोजन भएको छ।

नारायणी रंगशाला स्तरोन्नतिका लागि चार करोड, नारायणी बहुउद्देश्यीय कभर्ड हललाई चार करोड तथा आदर्शनगर रंगशाला र बढनियार खेलकुद ग्राउन्ड निर्माण गर्न तीन करोड छुट्याइएको छ।

यस्तै, जगरनाथपुर गाउँपालिकाको मधुवाहा मेघराज उपाध्याय क्रिकेट मैदान पनि समेटिएको छ। उक्त मैदानका लागि तीन करोड बजेट परेको छ। सोही वडामा रहेको क्रिकेट खेलमैदानमा तीन करोड बजेट परेको बजेट पुस्तिकामा उल्लेख छ।

छुटाउनुभयो की ?