१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २० मंगलबार
  • Thursday, 05 June, 2025
२o८२ जेठ २० मंगलबार १२:१३:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

वीरगन्ज नाका : पाँच खर्ब ६ अर्बको आयात, ७९ अर्बको निर्यात

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २० मंगलबार १२:१३:oo

वीरगन्ज नाका हुँदै चालू आर्थिक वर्षको १० महिनामा रु. पाँच खर्ब ६ अर्ब ६७ करोड मूल्यका वस्तु तथा सामान भित्रिएका छन् । आव ०८०/८१ को १० महिनाको तुलनामा चालू आवको सोही अवधिमा नाका हुँदै भित्रिने सामानको हिस्सा १२.७५ अर्थात् रु. ५७ अर्ब ३० करोडभन्दा बढी मूल्यका वस्तु तथा सामान यहाँ भित्रिएका छन्।

चालू आवको १० महिनामा यो नाका हुँदै सबैभन्दा धेरै आयात हुनेमा पेट्रोलियम पदार्थको हिस्सा रहेको छ। पाँचथरीका पेट्रोलियम पदार्थ मात्र रु. एक खर्ब ५५ अर्ब ९४ करोडको भित्रिएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । वीरगन्ज नाका हुँदै दोस्रो धेरै आयात हुने वस्तुमा भने भटमासको कच्चा तेल रहेको छ। जसको हिस्सा रु. ४५ अर्ब ७९ करोड रहेको छ ।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछाने चालू आवमा आयात र निर्यात दुवैमा वृद्धि भएको बताउँछन्। चालू आवको १० महिनामा रु. २९ अर्ब दुई करोड मूल्यका मेसिनरी तथा तिनका पार्टपुर्जा आयात भएका छन्। त्यस्तै, रु. २८ अर्ब ५१ करोड मूल्यका फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन्। सोही अवधिमा रु. २३ अर्ब ८५ लाख मूल्यका सबै प्रकारका एलोपेथिक औषधि भित्रिएका छन्।

चालू आवको १० महिनामा आयात मात्र नभएर निर्यातमा पनि उल्लेखनीय वृद्धि भएको देखिन्छ। चालू आवको १० महिनामा रु. ७९ अर्ब तीन करोड मूल्यबराबरका वस्तु तथा सामान यो नाका हुँदै विदेशी मुलुकमा निर्यात भएको देखिन्छ। जबकि गत आवको १० महिनामा यो नाका हुँदै रु. २५ अर्ब ४८ करोड मूल्यबराबरको वस्तु तथा सामान विदेशी मुलुकमा पुगेको थियो। गत आवको १० महिनाको तुलनामा चालू आवको सोही अवधिमा भने २१०.१६ प्रतिशत अर्थात् रु. ५३ अर्ब ५५ करोडभन्दा बढीको निर्यात भएको हो।

चालू आवको १० महिनामा यो नाका हुँदै सबैभन्दा धेरै निर्यात हुने वस्तुमा भटमासको प्रशोधित तेल रहेको छ। चालू आवको १० महिनामा रु. ४६ अर्ब ५३ करोड मूल्यका २१ करोड ९२ लाख ४६ हजार ६५१ लिटर भटमासको प्रशोधित तेल निर्यात भएको छ। जबकि गत आवको सोही अवधिमा रु. नौ करोडकाे चार लाख ६४ हजार ९३ लिटर मात्र निर्यात भएको थियो । चालू आवको १० महिनामा रु. सात अर्ब २७ करोडको तीन करोड ५२ लाख २३ हजार ८२४ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ। जबकि गत आवको १० महिनामा रु. १० करोडको पाँच लाख २७ हजार २९१ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको थियो ।

छुटाउनुभयो की ?