१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 06 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:२४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

राहदानी बनाउनेलाई सुरक्षित आप्रवासनसम्बन्धी जानकारी अनिवार्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:२४:oo

जिल्ला प्रशासन कार्यालय ललितपुरबाट राहदानी बनाउनेहरूले अब सुरक्षित आप्रवासनसम्बन्धी जानकारी पनि अनिवार्य लिनुपर्ने भएको छ।  वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन जिल्ला प्रशासन कार्यालय ललितपुरमा स्थापना गरिएको आप्रवासी स्रोत केन्द्रको सोमबार (आज) बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जन, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, प्रमुख जिल्ला अधिकारी रमेश ढकाललगायतले उद्घाटन गरेका हुन्। राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय पुग्नेहरूले सुरक्षित वैदेशिक रोजगारीबारे सम्पूर्ण जानकारी  पाउनेछन्। 

संघीय सरकारअन्तर्गतको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, बागमती प्रदेशअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालय र ललितपुर महानगरपालिकाको त्रिपक्षीय समन्वयमा सुरु भएको आप्रवासी स्रोत केन्द्रमा वैदेशिक रोजगारीमा जानुअघि सिक्नुपर्ने भाषा, सिप, वैदेशिक रोजगारीका क्रममा हुन सक्ने ठगी तथा विदेशमा हुने कानुनी तथा मनोसामाजिक जटिलताहरूबारे जानकारी गराइनेछ। 

देशमा भनेजस्तो रोजगारी नपाएको भन्दै काम खोज्न बिदेसिनेहरू बढिरहेको सन्दर्भमा विदेश जानुअघि नै सम्पूर्ण विषयबारे जानकारी दिने उद्देश्यले सुरक्षित वैदेशिक रोजगारीका लागि सुरक्षित आप्रवासन सामी कार्यक्रमले देशभरिका सबै जिल्लामा आप्रवासी स्रोत केन्द्र स्थापना गर्ने गरी सघाइरहेको छ। बागमती प्रदेशअन्तर्गत पनि भक्तपुरबाहेक अरू सबै जिल्लामा आप्रवासी स्रोत केन्द्र स्थापना भएको छ।

केन्द्रको उद्घाटन गर्दै बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले तीन सरकारको सहकार्यमा स्थापना भएको यो केन्द्र नमुना भएको बताउँदै यसबाट सुरक्षित वैदेशिक रोजगारीमा टेवा पुग्ने विश्वास व्यक्त गरे। राहदानी बनाउन जिल्ला प्रसासन कार्यालय पुगेकाहरूका लागि स्वदेशमा नै रोजगारीको सम्भावनाबारे पनि जानकारी दिनुपर्ने र साथमा वैदेशिक रोजगारीमा जाने भए अपनाउनुपर्ने नियम र सतर्कताबारे त्यहाँ खटिएका कर्मचारीमार्फत सम्पूर्ण जानकारी प्रदान गर्नुपर्ने उनले बताए । 

यस्तै, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले वैदेशिक रोजगारीमा जान चाहनेहरूका लागि केन्द्रले सहज मार्गनिर्देशन तयार पारिदिने विश्वास व्यक्त गरे। स्रोत केन्द्रलाई थप चलायमान बनाउनका लागि महानगरपालिकाले सधैँ सहयोग गरिरहने प्रतिबद्धता जनाए। यस्तै, उद्घाटन कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले वैदेशिक रोजगारीको जोखिम, सम्भावना, चुनौती, अप्ठ्यारा र त्यसको समाधानको उपायबारे केन्द्रबाट सूचना प्राप्त गर्ने बताए। वैदेशिक रोजगारीमा जानेहरूका लागि सुरुमा नै सम्पूर्ण जानकारी यो केन्द्रबाट पाइने भएकाले विदेशमा पुगेपछि हुने ठगी र अन्य समस्याहरूमा समेत कमी आउने उनको  विश्वास छ ।  

केन्द्रबाट  वैदेशिक रोजगारीमा जान चाहनेका लागि सूचना परामर्श, निःशुल्क कानुनी सहायता प्रदान, वैदेशिक रोजगारीका क्रममा समस्यामा परेकाहरूको उद्धारका लागि सहजीकरणको काम हुने सुरक्षित आप्रवासन सामीका टिमलिडर टंक अर्यालले जानकारी दिए। ‘साथमा वित्तीय साक्षरता सूचनाबारे पनि केन्द्रबाट परामर्श दिइन्छ ताकि वैदेशिक रोजगारीबाट प्राप्त भएको रकम कसरी उत्पादनशील क्षेत्रमा खर्च गर्ने ? भन्नेबारेमा जानकारी होस्,’ अर्यालले भने। हाल दैनिक सरदर दुई हजार मानिस रोजगारीका लागि विदेश जाने गरेका छन्। तर, सिप नसिकी, पर्याप्त कानुनी जानकारी नलिई जाँदा विदेशमा पुगेर दुःख पाइरहेका छन्, यस्तो अवस्थामा विदेश जानुअघि नै केन्द्रले सूचना प्रदान गर्नेछ ।

छुटाउनुभयो की ?