१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 06 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भिजिट भिसा प्रकरण : अख्तियारमा सुरु भयो सहसचिव भट्टराईको बयान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:५३:oo

भिजिट भिसामार्फत हुने असुली प्रकरणमा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले आइतबारदेखि सहसचिव तीर्थराज भट्टराईको बयान लिन थालेको छ । डिजिटल फरेन्सिक ल्याबबाट रिपोर्ट आएसँगै त्यही विषयमा उनीसँग बयान लिन थालेको हो ।

आइतबार सार्वजनिक बिदा भए पनि उनलाई बोलाएर बयान लिइएको अख्तियारका एक अधिकारीले बताए । सोमबार पनि भट्टराई बयान दिन गएका थिए । ‘मोबाइल र ल्यापटपको पूरै रिपोर्ट आइसकेको छैन,’ अख्तियार स्रोत भन्छ, ‘जति रिपोर्ट आएको छ, त्यसमा असुली धन्दा संस्थागत देखिने पर्याप्त प्रमाणहरू भेटिइसकेका छन् ।’ प्रमाणहरू पर्याप्त संकलन भइसकेको भन्दै भट्टराईलाई थुनामा नराखी अनुसन्धान अघि बढाइएको छ । 

भट्टराई एजेन्टहरूसँग आफैँ डिल गरी सूची आफैँ मगाउने गर्थे । त्यसका लागि उनले छुट्टै मोबाइल बोकेका थिए । सो मोबाइलसमेत अख्तियारले जफत गरेको थियो । पैसा भने उनले खगेन्द्र सुवेदी र कविता पौडेलमार्फत लिने गर्थे । दुवैको खातामा स्रोत नखुलेको अस्वाभाविक कारोबार देखिएको छ । सेटिङ मिलाउने ग्रिनलाइन ट्राभल्सका प्रबन्ध निर्देशक बालकृष्ण खड्का पनि अख्तियारको नियन्त्रणमा छन् । 

अध्यागमनका कतिपय कर्मचारीले त भिजिट भिसाको सेटिङकै लागि विदेशी सीमकार्डसमेत प्रयोग गर्दै आएको खुलिसकेको छ । अख्तियारले पहिलो चरणमा भट्टराई र दोस्रो चरणमा अन्य कर्मचारीमाथि छानबिन अघि बढाउँदै छ । अध्यागमनमा पछिल्लो समय रेट बढाएर भिजिट भिसाको असुली बढेको आधारमा अख्तियारले ‘अन्डरकभर अप्रेसन’ चलाएको थियो ।

गृह मन्त्रालयले गर्ने अध्यागमनका कर्मचारीको सरुवामा चलखेल बढ्नु, सरुवामा प्रत्यक्ष रूपमा गृहमन्त्री रमेश लेखकको सचिवालय हावी हुनु र त्यही समयमा अध्यागमनमा सेटिङ बढ्नुले यसमा गृहमन्त्री रमेश लेखकको समेत संरक्षण र मिलेमतो रहँदै आएको आरोप लाग्दै आएको छ । 

छुटाउनुभयो की ?