१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १९ सोमबार
  • Wednesday, 04 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ १९ सोमबार १८:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तीन दलको बैठक : गृहमन्त्रीले राजीनामा दिनुपर्ने माओवादीको माग कायमै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ १९ सोमबार १८:३८:oo

नेकपा (माओवादी केन्द्र)ले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग यथावत् रहेको बताएको छ।

सिंहदरबारमा बसेको शीर्ष तीन दलका नेताहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले यस्तो जानकारी दिएका हुन्। बैठकमा संसद्को गतिरोध अन्त्य गर्ने र प्रतिगामीहरूको गतिविधिका विषयमा छलफल भएको उनले बताए। 

पाण्डेका अनुसार बैठकमा सत्तारूढ दलका नेताहरूले गृहमन्त्रीले राजीनामा नदिई संसद् सुचारु गर्नुपर्ने धारणा राखेका थिए। आफूहरूको माग यथावत् रहेको बताउँदै पाण्डेले भने, ‘हामीले जो विषयवस्तु राखेका छौँ, त्यो यथावत् छ। त्यसैले, सुशासनलाई केन्द्रित गरेर अघि बढ्नुपर्छ भन्ने विषयवस्तु हाम्रो तर्फबाट राख्यौँ।’

छुटाउनुभयो की ?