१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 06 June, 2025
Invalid date format १५:२६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

प्रतिबन्ध फुकुवा गर्ने औपचारिक सुनिश्चितताका लागि अमेरिकासँग इरानको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:२६:oo

इरानले आफ्नो आणविक कार्यक्रमलाई लिएर जारी वार्तामा प्रतिबन्ध फुकुवा गर्ने औपचारिक सुनिश्चतता गर्न अमेरिकासँग आग्रह गरेको छ ।

विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले तेहरानमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘हामी अमेरिकासँगबाट यो सुनिश्चित हुन चाहन्छौँ कि आणविक प्रतिबन्धहरू प्रभावकारी रूपमा हटाइनेछ ।’

‘अहिलेसम्म अमेरिकी पक्षले यस विषयमा स्पष्ट पार्न चाहेको छैन,’ उनले भने । संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनमा इरानले युरेनियमको उत्पादन ६० प्रतिशतसम्म बढेको देखाएपछि ट्रम्पको यो टिप्पणी आएको हो ।

आणविक वार्तामा सहभागी अमेरिकी राजदूतले गत महिना ट्रम्पको प्रशासनले कुनै पनि संवर्द्धनको विरोध गर्ने बताएका थिए ।

स्टिव विटकोफले ब्रेइटबार्ट न्युजसँग भने, ‘इरानमा फेरि कहिल्यै पनि संवर्द्धन कार्यक्रम अस्तित्वमा नआउने सुनिश्चितता हुनुपर्ने हाम्रो अन्तिम सर्त हो । इरानमा कुनै संवर्द्धन हुनेछैन ।’

इरानले आफ्नो आणविक कार्यक्रमबारे ‘सम्झौतासहित वा विनासम्झौता’ युरेनियम संवर्द्धन जारी राख्ने प्रतिबद्धता जनाएको छ ।

‘संयुक्त राज्य अमेरिकाले इरानलाई आणविक सम्झौताको प्रस्ताव पठाएको छ जसलाई ह्वाइट हाउसले इरानको ‘सर्वोत्तम हितमा’ रहेको प्रस्ताव भन्दै स्वीकार गर्न भनेको छ,’ अमेरिकी सञ्चारमाध्यमहरूले शनिबार रिपोर्ट गरेका छन्।

न्युयोर्क टाइम्सले अमेरिकी कूटनीतिक आदानप्रदानसँग परिचित अधिकारीहरूलाई उद्धृत गर्दै भनेको छ, ‘यो प्रस्तावले इरानलाई सबै प्रकारका संवर्द्धन रोक्न आह्वान गरेको छ र आणविक शक्ति उत्पादनका लागि क्षेत्रीय समूह गठन गर्न सुझाव दिएको छ।’

ट्रम्पले आफ्नो पहिलो कार्यकाल सन् २०१८ मा अमेरिका बाहिरिएको प्रमुख शक्ति राष्ट्रसँगको सम्झौतालाई प्रतिस्थापन गर्न नयाँ सम्झौताको खोजीमा इरान र अमेरिकाबिच पाँच चरणको वार्ता भइसकेको छ ।

छुटाउनुभयो की ?