१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 06 June, 2025
Invalid date format १५:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सल्यानमा ट्याक्टरबाट लडेर एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:२३:oo

सल्यानमा ट्याक्टरबाट लडेर एकजनाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका– ७ रामेखोलाबाट सिद्ध कुमाख गाउँपालिकाको ढोरचौर जाँदै गरेको रा.१त ३२४६ नम्बरको ट्याक्टरबाट लडेर शारदा नगरपालिका– ७ का ५१ वर्षीय दलबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

ट्याक्टरबाट झर्ने क्रममा लडेर गम्भीर घाइते थापाको तत्काल उद्धार गरी उपचारका लागि सल्यान जिल्ला अस्पताल ल्याएको केही समयमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए । रामेखोलाबाट ढोरचौर जाने क्रममा चढिरहेको ट्याक्टरबाट अर्को ट्याक्टरमा चढ्न झर्ने क्रममा लड्दा टाउको र शरीरका विभिन्न भागमा चोट लागेर अचेत भएका थिए ।  

मृतकको शव पोस्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा राखिएको र ट्याक्टर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

छुटाउनुभयो की ?