१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १७ शनिबार
  • Sunday, 01 June, 2025
२o८२ जेठ १७ शनिबार १७:४६:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

जैमिनीमा एक सय ४० रोपनी बाँझो जग्गामा केराखेती

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १७ शनिबार १७:४६:oo

बाग्लुङको दक्षिण भेगमा रहेको जैमिनी नगरपालिकाको कुस्मिसेरा क्षेत्र केराखेतीले प्रसिद्ध छ । हाल जिल्लाका बजारमा यही क्षेत्रको अधिकांश केरा आउने गरेको बताइन्छ । 

नगरपालिकाले कुस्मिसेरा क्षेत्रलाई केराको हब बनाउने उद्देश्यसहित बाँझो जग्गा उपयोगको नीति लिएको छ । त्यसका लागि चालू आर्थिक वर्षमा ‘सेरा जाऊँ, केरा खाऊँ’ नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । उक्त कार्यक्रममार्फत रु. १२ लाख लागतमा १४० रोपनी जग्गामा तीन हजार पाँच सय केराका बिरुवा लगाउने लक्ष्य छ । सोअनुसार ७० प्रतिशत प्रगति भइसकेको वडा नं १ का अध्यक्ष विष्णुप्रसाद आचार्यले जानकारी दिए। 

हाल वडा नं १ कुस्मिसेराको १४० रोपनी जग्गामा केराखेती विस्तारको काम भइरहेको छ । कुस्मिसेरामा उत्पादन हुँदै आएका स्थानीय जातको केरालाई नगरपालिकाले केरा पकेट क्षेत्रको रूपमा विकास गरेको वडाध्यक्ष आचार्यले बताए। 

कुस्मिसेराको फलाटे, भडारे र बिनामारेको केही स्थानमा धमाधम केराखेती विस्तार भइरहेको छ। वडाध्यक्ष आचार्यले भने, ‘पछिल्लो समय केराबाट यहाँका किसानले लाभ उठाउँदै आएका छन् । नगरपालिकाले यसमा प्रोत्साहन गर्दा बाँझो जग्गा सदुपयोग भएको छ । आगामी दिनमा केरा विस्तारको कार्यक्रम निरन्तर सञ्चालन गरिनेछ । धेरै मेहेनत गर्न नपर्ने, तर नगद आम्दानी हुने भएकाले पनि यहाँका किसान यसतर्फ आकर्षित भइरहेका छन् ।  आर्थिक उपार्जन पनि राम्रै छ ।’

स्थानीय मतिप्रसाद शर्माले यहाँ किसानले केराखेतीबाट वार्षिक लाखौँ रकम भित्र्याउँदै आएको बताए। काँचो केरालाई होलसेलमा प्रतिदर्जन रु. ७० मा बिक्री भइरहेको उनले जानकारी दिए । पाँच रोपनी जग्गामा केराखेती गर्दै आएका शर्माले केरा पकेट क्षेत्र विस्तारअन्तर्गत तीन रोपनी जग्गामा केराखेती विस्तार गरिएको बताए। 

यस्तै, सिँचाइ पूर्वाधारका लागि फलाटे कृषि समूहले ८५ प्रतिशत अनुदानमा सिँचाइको व्यवस्था मिलाएको छ । स्थानीय जातको केराखेती विस्तार र सिँचाइ पूर्वाधारमा नगरपालिकाको १२ लाख लगानी भए पनि किसानको श्रमदान जोड्दा रु १८ लाख पुगेको नगरपालिकाको कृषि शाखा प्रमुख सुवास सापकोटाले जानकारी दिए । फलाटे, भडारा र साना किसान समूहमा विमानमारे एक सय ४० रोपनी क्षेत्रफलमा बाँझो जग्गा सदुपयोग गरेर केराखेती विस्तार भइरहेको  उनले बताए।

‘केराखेती विस्तार गर्नेमा पहिलो चरणमा ५० भन्दा बढी किसान रहेका छन् । भाडारा, फलाटे, बिनामारे, वडारे, टार, टुनीवोट, खौरीकेस, मिरिघार र खौलालगायत गाउँमा खेराखेती विस्तार गरिएको छ,’ सापकोटाले भने, ‘समुन्द्री सतहबाट छ सय मिटर मात्रै उचाइ रहेकाले जैमिनीघाट र कुश्मीसेरामा केराखेतीका लागि उपयुक्त हावापानी छ । वडा नं १ का एक हजारभन्दा बढी किसानले व्यावसायिक केराखेती गरेका छन् ।’

यहाँका किसानले ‘रामरेखा लोकल’, ‘झापाली मालुवा’ र ‘जी ९’ जातका केराको व्यावसायिक उत्पादन गरिरहेका छन् ।