
सरकारले कर्मचारीको तलब बढाएन। तर, आगामी आवदेखि लागू हुने गरी महँगी भत्ता पाँच हजार रुपैयाँ पुर्याइएकाे छ।
‘स्रोत व्यवस्थापनमा परेको दबाबले अपेक्षाअनुरूप तलब वृद्धि सम्भव भएन। आगामी साउनदेखि महँगी भत्ता वृद्धि गरी पाँच हजार पुर्याएको छु,’ बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले घोषणा गरे। हाल कर्मचारीले मासिक दुई हजार महँगी भत्ता पाउँदै आएकोमा बढाएर पाँच हजार पुर्याइएको हो।
तीन वर्षपछि कर्मचारीको तलब बढेको छैन। सरकारले ०७९ मा सरकारले १५ प्रतिशत तलब बढाएको थियो। यसपटक तलब नबढाई महँगी भत्ता वृद्धि गरेको हो।