१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 02 June, 2025
Invalid date format १५:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुग्ध वितरण आयोजना कार्यालय सार्ने विरोधमा अत्तरियामा चक्काजाम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:o६:oo

कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थानको दुग्ध वितरण आयोजना कार्यालय सार्ने तयारी भएपछि त्यसको विरोधमा स्थानीय आन्दोलनमा उत्रिएका छन्। स्थानीयले धनगढी–अत्तरिया ६ लेन सडकखण्डमा आधा घण्टा चक्काजाम गरेका हुन्।

दुग्ध विकास संस्थानले अत्तरियामा भाडाको घरमा सञ्चालन भइरहेको आयोजना कार्यालय धनगढी सार्ने तयारी गरेको छ। त्यसका लागि संस्थानले धनगढी उपमहानगरपालिका– १५, कनरीमा उपमहानगरसँग करिब एक बिघा जग्गा र भवन २५ वर्षका लागि लिजमा लिएको छ।

लामो समयदेखि अत्तरियाआसपासमा जग्गाको खोजी गरे पनि नपाइएपछि धनगढी सार्नुपरेको दुग्ध विकास आयोजना प्रमुख निरञ्जन भट्टराईले बताए। भाडाको घरमा आयोजनालाई सेवा विस्तार गर्न र सामान व्यवस्थापन गर्न समस्या भएकाले सार्नुपरेको उनको भनाइ छ।

स्थानीय बासिन्दाले भने अत्तरियाबाट आयोजना कार्यालय सार्न नहुने भन्दै दबाब दिइरहेका छन्। आयोजना कार्यालय सार्न खोजेको विरोधमा ८ जेठदेखि आयोजनाको प्रशासन कक्षमा तालाबन्दी गरिएको छ। स्थानीयले कार्यालयअगाडि प्रदर्शन गर्दै आएका छन्। स्थानीय तहका जनप्रतिनिधिले नै दुर्व्यवहार गर्ने चेतावनी दिएपछि कार्यालय प्रमुख भट्टराई गत आइतबारबाट कार्यालय जान सकेका छैनन्।

कार्यालय सार्न नहुने भन्दै दबाब दिन गठित संघर्ष समितिका संयोजक लोकराज पाण्डेयले आयोजना कार्यालय सार्ने निर्णय स्थगित नभएसम्म आन्दोलन जारी रहने बताए। प्रशासनमा तालाबन्दी गरिए पनि आयोजनाको दुग्ध प्रशोधन केन्द्र र कारखानामा भने तालाबन्दी नगरिएको उनले बताए।