सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २८ आइतबार
  • Sunday, 12 July, 2020
२०७६ जेठ ३० बिहीबार १६:५५:००
समाचार

अलैँची बिक्रीबाट लमजुङमा सवा पाँच करोड आम्दानी

२०७६ जेठ ३० बिहीबार १६:५५:००

लमजुङका किसानले अलैँची बिक्रीबाट पाँच करोड २५ लाख रुपैयाँ आम्दानी गरेका छन् । जिल्लामा उत्पादन भएको ७ सय ५० क्विन्टल अलैँची बिक्रीबाट उनहरूले उक्त आम्दानी गरेका हुन् ।

उत्पादन भएको अलैंची बिक्री भइसकेको नेपाल अलैंची व्यवसायी महासंघ लमजुङ शाखाले जनाएको छ । कृषकले प्रतिकिलो ६ सयदेखि ७ सय ५० रुपैयाँमा अलैँची बिक्री गरेका थिए । जिल्लामा गत वर्ष ७ सय २१ क्विन्टल अलैँची उत्पादन भएको थियो ।

अलैँची व्यवसायी महासंघ लमजुङका अध्यक्ष एवंम् गण्डकी प्रदेशका संयोजक अजय तामाङका अनुसार गत वर्ष अलैँची बिक्रीबाट लमजुङका किसानले ५ करोड आम्दानी गरेका थिए । गत वर्षको तुलनामा यस वर्ष २५ लाख बढी आम्दानी भएको हो । तामाङका अनुसार जिल्लामा ९ सय ५० हेक्टर क्षेत्रफल जमिनमा अलैँची खेती हुँदै आए पनि ६ सय ५० हेक्टर क्षेत्रफलमा अलैँची उत्पादन हुँदै आएको छ ।