हामी कस्ता देखियौँ ?

२०७६ जेठ ३० बिहीबार १५:३५:००

उपासनाले इन्स्टाग्राममा केटाकेटीसँग बसेर गाउँले युवतीको अवतारमा फोटो पोस्ट गरेकी छिन्

क्याप्टेन फिल्ममा अनमोल केसीको अपोजिटमा देखा परेकी थिइन्, अभिनेत्री उपासना सिंह ठकुरी । फिल्मले बक्स अफिसमा खासै कमाल नगरे पनि रिलिजअगावै चर्चा पायो । ट्रेलर र गीतका माध्यमबाट उनी सबैको नजरमा परिसकेकी थिइन् । उनको सौन्दर्यको पनि खुब चर्चा भएको थियो ।

त्यसपछि निर्माता, निर्देशक उनको पछि लागे । तर, उनले भने रामबाबु गुरुङसँग काम गर्ने निर्णय लिइन् । अहिले घान्द्रुकमा कबड्डीको तेस्रो सिक्वेलका लागि सुटिङमा व्यस्त छिन् ।

उनको भूमिका खुलाइएको छैन । तर, उनी दयाहाङको अपोजिटमा हुन सक्ने अनुमान लगाइएको छ । दुवैका फोटो सार्वजनिक भइरहेका छन् । 

फिल्ममा उनी गाउँले भूमिकामा भएको अनुमान लगाउन खासै गाह्रो छैन । उनले इन्स्टाग्राममा गाउँले केटाकेटीसँग बसेर गाउँले युवतीको अवतारमा फोटो पोस्ट गर्दै लेखेकी छिन्, ‘घान्द्रुकमा कबड्डी–३ को सुटिङ र यी सुन्दर केटाकेटीसँगको अविस्मरणीय भेट ।’ 
 

प्रतिकृया दिनुहोस